काठमाडौं । एक बैंकले आफ्ना कर्मचारीलाई हप्तामा तीन दिन छुट्टी दिने बताएको छ ।

बेलायतको एटम बैंकले तलब कट्टी नगरिकनै हप्तामा तीन दिन छुट्टी दिने निर्णय गरेको हो । सो बैंकले साप्ताहिक ‘ड्युटी हावर’ मा पनि कटौती गरेको जानकारी दिएको छ ।

एजेन्सीहरुका अनुसार एटम बैंकले साढे तीन घन्टा समय कटौती गरेको हो । त्यसअघि हप्तामा साढे ३७ घन्टा काम गर्ने कर्मचारीले अब ३४ घन्टामात्र काम गरे पुग्छ ।

समाचार अनुसार उक्त बैंकमा ४ सय ३० जना कर्मचारी छन् । त्यहाँ काम गर्नेहरुलाई कि त सोमबारदेखि वा शुक्रबारदेखि तीन दिन विदा बस्ने प्रस्ताव गरिएको छ ।

बैंकले नोभेम्बर १ देखि नै यो व्यवस्था लागू गरेको हो । बैंकका सिइओ मार्क मुलेनले ‘फोर डे वर्क पोलिसी’ ले कर्मचारीहरुमा अगाडि बढ्ने तागत पैदा हुने बताएका छन् ।

सम्बन्धित खबरहरु