काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिएर नयाँ बयान दिनु भएको छ । अध्यक्ष ओलीले प्रचण्डले आफ्ना सन्तानलाई विदेशमा पढाएको भन्दै कटाक्ष गर्नुभएको हो ।

उहाँले माओवादीले ‘महान जनयुद्ध’ भनेर युवाहरुलाई ठगेको र आफ्ना सन्तानलाई विदेशमा पढाएको उहाँको भनाई थियो । प्रचण्डलाई इंगित गर्दै उहाँका दुवै नातिनीहरुले बेलायतमा शिक्षा पाएकोमा आफूलाई खुशी लागेको उल्लेख गर्नुभयो ।

अध्यक्ष प्रचण्डका दुवै छोरीका छोरीहरु बेलायतमा पढिरहेको कुराले आफूलाई एकदम खुशी लागेको पनि उहाँले बताउनुभयो । भरतपुरकी मेयर रेणु दाहालकी छोरीले पनि बेलायतमा पढ्छिन् ।

अर्की छोरी गंगा दाहालकी छोरी पनि बेलायतमा अध्ययन गरिरहेको ओलीको दावा छ । उहाँले भन्नुभयो, ‘नातिनीहरुले राम्रो शिक्षा पाएका छन् खुसी लाग्छ ।’

सम्बन्धित खबरहरु