काठमाडौं । नवलपरासी(पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-१ सानो टाडीबाट करिब १ किलो ९ सय ३२ ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित सोही ठाउँस्थित ससुराली घरमा बस्ने काभ्रे महाभारत गाउँपालिका-३ घर भएका २२ वर्षीय कुखाङ वाईवालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दुम्कीबासबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा कोठामा लुकाई राखेको अवस्थामा उक्त गाँजाको धुलो सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

झापा, कन्काई नगरपालिका-७ बिरिङबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने लिसाईलो पदार्थ सहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय सुप्रकाश राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु