काठमाडौं । सिन्धुली, सुनकोशी गाउँपालिका-२ मजुवाबगरस्थित सुनकोशी नदीमा सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय कुमार मोक्तान तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, बुद्धशान्ती गाउँपालिका-४ पानीघट्टा बस्ने ६२ वर्षीय लोक बहादुर भन्ने जित बहादुर कुमाल वन ज्वती सामुदायिक बनको ब्लक नम्बर ४ मा मंगलबार मृत अबस्थामा फेला परेका छन् ।

काठमाडौं, काठमाडौं महानगरपालिका-१३ गाईबाच्छापाटीस्थित अच्युत पाण्डेको कोही बसोबास नगर्ने खाली घरको शौचालयमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

म्याग्दी, रघुगंगा गाउँपालिका-१ वेगस्थित वेग खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु