काठमाडौं । नेपाल बार एशोसिएसनले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेको छ ।

बिहीबार दिउँसो प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै बारको नेतृत्व कानुन व्यवसायी तथा विभिन्न संघसंस्थाले सिंहदरबारदेखि बालुवाटारसम्म मार्चपास गरेका थिए ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलनरत बारको नेतृत्वमा कानुन व्यवसायीहरुको मार्चपास माइतीघर मण्डला–भद्रकाली–रत्नपार्क हुँदै बालुवाटार पुग्नुभएको हो ।

मार्चपासमा नेपाल पत्रकार महासंघ, शिक्षक महासंघ, इन्जिनियर्स एसोसिएसन, जनस्वास्थ्य संघ, आदिवासी जनजाति महासंघ र वृहत् नागरिक आन्दोलनको पनि सहभागिता छ ।

सम्बन्धित खबरहरु