काठमाडौं । सर्वोच्च अदालतमा आगामी बुधबारदेखि गोलाप्रथाबाट पेशी तोक्ने निर्णय भएको छ ।

बिहीबार दिउँसो बसेको 'फुलकोर्ट' बैठकले आगामी बुधबार (मङ्सिर १५ गते)बाट गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको बैठकमा उपस्थित एक न्यायाधीशले नाम नबताउने सर्तमा गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा भने उपस्थित हुनुभएन ।

तर, प्रधानन्यायाधीशको अध्यक्षतामै अन्य दुई जना वरिष्ठतम न्यायाधीश रहने पेशी व्यवस्थापन निर्देशन समितिबाटै पेशी तोक्ने निर्णय भएको हो ।

त्यस्तै बैठकले योभन्दा अगाडि सर्वोच्चमा सुनुवाइको प्रक्रियामा रहेका, निर्णय हुन बाँकी, हेर्दा हेर्दैका मुद्दा र निर्णय सुनाउन भनेर राखिएका मुद्दा गोलाप्रथा प्रक्रियाबाटै जाने उहाँले बताउनुभयो ।

सम्बन्धित खबरहरु