काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जरूरी सूचना जारी गरेको छ । मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनको कार्यालय बल्खुले सूचना प्रकाशित गरेको हो ।

त्रिविले सम्बन्धन प्राप्त गरेका सामुदायिक र निजी क्याम्पस÷कलेजहरूले सम्बन्धन कार्यक्रम नवीकरणका निमित्त समयावधि थप गरिएको अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

आजको गोरखापत्रमा प्रकाशित सूचनामा भनिएको छ, ‘यस मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीन कार्यालयबाट सम्बन्धन प्राप्त गरेका सामुदायिक र निजी क्याम्पस÷कलेजहरूले सम्बन्धन कार्यक्रम नवीकरण गर्न मिति २०७८ कार्तिक ३० गतेसम्म समय तोकिएकोमा कतिपय क्याम्पस÷कलेजहरूले तोकिएको समय भित्र कार्यक्रम नवीकरणका लागि आवेदन दर्ता नगरिएकोले यही २०७८ मार्ग २० गतेभित्र सम्पर्क राखी साधारण दस्तुरमा र सो मिति पश्चात २०७८ मार्ग मसान्त सम्ममा दोब्बर दस्तुर तिरी अनिवार्य रूपमा सम्बन्धन कार्यक्रम नवीकरणका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सो थप गरिएको समयसीमा भित्र पनि नवीकरण प्रक्रियामा संलग्न नहुने सम्बन्धन प्राप्त गरेका सामुदायिक र निजी क्याम्पस÷कलेजहरुको सम्बन्धन खारेज प्रक्र्रिया अगाडि वढाइने व्यहोरा पनि सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सम्बन्धित खबरहरु