काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह चितवनमा आजदेखि सुरु भएको छ । उद्घाटन समारोहलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सम्बोधन गरिरहनु भएको छ ।

एमालेका अन्य नेताहरु पनि मञ्चमा आसिन हुनुहुन्छ । महाधिवेशनको उद्घाटन समारोहलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका साथै ६ नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । एमाले महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि चितवन पुग्नु भएको छ ।

बिभिन्न स्थानबाट निकालिएको जुलुस महाधिवेशनस्थल नारायणी नदी किनारमा पुगेर भेला हुने क्रम जारी छ । नारायणी नदी किनारमा उदघाटन समारोह गरेपछि शनिबारदेखि सौराहमा बन्दसत्र सुरु हुने छ । बन्दसत्रले आगामी पाँच वर्षका लागि एमालेको नयाँ नेतृत्व चयन गर्ने छ ।

जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्ने टुंगो लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमालेबाट अलग भएर छुट्टै पार्टी गठन गरेका नेकपा एकीकृत समाजवादीका नेताहरुलाई भने एमालेले महाधिवेशनमा निम्तो दिएको छैन ।

https://youtu.be/esHhsWYzq6Y

सम्बन्धित खबरहरु