काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चीत्रबहादुर केसीले कम्युनिष्ट शक्तिबीच भाषण गणेकोजस्तो एक हुन सहज नभएको बताउनुभएको छ । भाषणमा सबैले कम्युनिष्ट एकताको कुरा गरे पनि व्यवहारमा अङ्गिकार नगरेको उहाँले टिप्पणी गर्नुभयो ।

चितवनको भरतपुरमा आयोजित एमालेको दशौं महाधिवेशनको उदघाटनसत्रमा आज पार्टीको तर्फबाट सम्बोधन गर्नुहुँदै अध्यक्ष केसीले सो कृुरा बताउनुभयो । हाम्रै कारणले नेपाली जनतामा निराशा छाएको छ, यो हामीले स्वीकार गर्नुपर्छ ।

हामी राजनीति गर्ने नेतृत्व नसुध्रीकन देश सुध्रिदैन अध्यक्ष केसीले भन्नुभयो, “हामी आफू आफू लड्छौं, बाह्य शक्तिलाई दोश दिन्छौं, हामी नमिलेर बाह्य शक्तिले त खेल्ने नै भए ।”

हाम्रो अन्तरविरोध बाह्य शक्तिलाई सुनाएर आफ्नो औकात देखाइरहेका छौं अध्यक्ष केसीले देशको प्रमुख शक्तिहरु नमिलेसम्म मुलुकको रुपान्तरण सम्भव नरहेको बताउनुभयो ।

आन्दोलन गरेर ल्याएको उपलब्धी संस्थागत गर्न सबै मिल्नुको विकल्प नरहेको भन्नुहुँदै उहाँले उपलब्धी गुमाउने कि संस्थागत गर्ने दलको जिम्मेवारीमा रहेको बताउनुभयो ।

देश, जनता र राष्ट्रका लागि राजनीतिक दलहरु एक ढिक्का हुनुको विकल्प नरहेको उहाँले बताउनुभयो । देशको राष्ट्रियता, स्वतन्त्रता र अखण्डताका लागि हामी मिल्नेको विकल्प नरहेको भन्नुहुँदै उहाँले जनताको आशा भरोसा पूरा गर्नलाई दलीय सहकार्य र आवश्यक रहेको चर्चा गर्नुभयो ।

सम्बन्धित खबरहरु