काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरुलाई अब चुनावको तयारीमा लाग्न निर्देशन दिनु भएको छ ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो । नेकपा एमाले चुनावको तयारीतर्फ जाने र एकल बहुमत ल्याउने उहाँको दाबी छ ।

एमालेका लागि नभई देशका लागि एमालेले एकल बहुमत ल्याउन जरुरी रहेको उहाँको तर्क छ । साथै, उहाँले पार्टी जनमत र निर्वाचनको तयारी जुटिसकेको पनि स्पष्ट पार्नुभयो ।

देश बनाउन, लोकतन्त्र, संविधानको रक्षा, कार्यान्वयन र सही व्याख्या गर्नका लागि एमालेले बहुमत ल्याउनुपर्ने उहाँको तर्क छ ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले छोटो समयभित्रै देशलाई साधनस्रोत सम्पन्न बनाउनका लागि पनि एमालेले अगामी निर्वाचनमा बहुमत ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सम्बन्धित खबरहरु