कपिलबस्तु । कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका १ स्थित सीमा ईलाकाबाट मंसीर ९ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित सोहि जिल्लाको सैनामैना नगरपालिका ९ बस्ने ४४ बर्षिय पर्शुराम पराजुलीलाई पक्राउ गरेको छ ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कृष्णनगरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित खबरहरु