काठमाडौं । मध्यरातमा नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरु सार्वजनिक भएका छन् । बैठकले स्थायी कमिटीबाट मनोनित गरिएका महाधिवेशन प्रतिनिधिलाई अनुमोदन गरेको छ ।

आज भएका निर्णयलाई अनुमोदनका लागि महाधिवेशनको बन्द सत्रमा पेश गरिने छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले निर्णयहरु सार्वजनिक गर्नुभएको हो ।

  • १. केन्द्रीय कमिटी २२५ सदस्यीयबाट ३०१ सदस्यीय बनाउने
  • २. ९९ सदस्यीय पोलिब्युरो व्यवस्था गर्ने
  • ३. केन्द्रीय कमिटीमा अब बरिष्ठसहित ७ उपाध्यक्ष र ३ उप–महासचिव हुनेछन् । अन्य पद यथावत छन् ।
  • ४. अनुशासन आयोग र निर्वाचन आयोग र लेखा आयोग २५ सदस्यीय हुनेछ ।

सम्बन्धित खबरहरु