काठमाडौं । बङ्ग्लादेशमा चटगाँवबाट १७५ वर्ग पूर्व भूकम्पको जोडदार झट्का महसुस गरिएको छ । शुक्रबार बिहान भूकम्पको तीव्रता ६.३ रेक्टर स्केल मापन गरिएको छ ।

युरोपेली भूमध्य भूकम्प केन्द्र (ईएमएससी) का अनुसार भारत–म्यान्मार सीमामा केन्द्र पर्दछ । भारतको पश्चिम बङ्गलादेश, त्रिपुरा र आसाममा पनि धक्का महसुस गरिएको थियो । भारतमा पनि भूकम्पको धक्का महसुस गरिएको भारतीय समाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रतिकृया दिइरहेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान ५ः३० बजे मिजोरमको तेन्जावलबाट ७३ किलोमिटर दक्षिणपूर्वमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । ईएमएससीले आफ्नो वेबसाइटमा पोष्ट गरेको प्रमाणका अनुसार कोलकाता र गुवाहाटीका अधिकांश भागमा करिब ३० सेकेन्डसम्म पृथ्वी हल्लिएको थियो ।

भूकम्प आएमा के गर्ने ?

  • यदि तपाईं भूकम्प पछि घरमा हुनुहुन्छ भने, भुइँमा बस्ने प्रयास गर्नुहोस्।
  • तपाईको घरमा टेबल वा फर्निचर छ भने त्यसको मुनि बसेर हातले टाउको छोप्नुहोस् ।
  • भूकम्पको समयमा घरभित्रै बस्नुहोस् र भुकम्प रोकिएपछि मात्र बाहिर निस्कनुहोस्।
  • भूकम्पको समयमा, घरको सबै बिजुली स्विचहरू बन्द गर्नुहोस् ।

सम्बन्धित खबरहरु