काठमाडौं । नेकपा (एमाले) को जारी १० औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ । नेतृत्वको लागि सहमतिको प्रयासमा हुँदा शनिबार ढिला गरी बन्दसत्र सुरु भएको हो ।

शनिबार बिहान साढे ८ बजेबाट सुरु हुने भनिएको बन्दसत्र साढे ३ बजेपछि मात्र सुरु भएको हो । सौराहाको सेभन स्टार होटलको बैठक कक्षमा सुरु भएको बन्दसत्रमा विदेशी पाहुनाहरुले धारणा राख्ने कार्यक्रम छ ।

विभिन्न देशबाट पठाइएको शुभकामना सन्देश पनि बैठकमा पढेर सुनाउने कार्यसूची रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

बन्दसत्रमा अहिले विदेशी पाहुनाहरुले धारणा राखिरहनुभएको छ । विदेशी पाहुनाहरुले धारणा राखिसकेपछि अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्तव्य दिनुहुने कार्यक्रम रहेको छ। शुक्रबार उद्घाटन भएको एमाले १० औँ महाधिवेशन आइतबार समापन हुँदैछ ।

सम्बन्धित खबरहरु