काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले बाराको एक ग्यास उद्योगलाई कारबाही गरेको छ । श्री ग्यास वान नेपाल प्रालि.लाई विभागले कारबाही गरेको हो ।

विभागले बजार अनुगमनका क्रममा नेपाल गुणस्तर बमोजिम नपाइएको भन्दै श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको हो । विभागले प्रालि.लाई एलपिजी बोटलिङको काममा समेत रोक लगाएको जनाएको छ ।

प्रयोगशालामा वस्तुको नमुना परीक्षण र उद्योग निरीक्षण गर्दा गुणस्तरीय नरहेको भन्दै नेपाल गुणस्तर ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम श्री ग्यास वान नेपाल प्रालिलाई कारबाही गरेको विभागले जनाएको छ ।

विभागले ग्यास उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय विभाग वीरगंजका प्रमुख शशिभूषणप्रसाद यादवले बताउनुभयो ।

सम्बन्धित खबरहरु