काठमाडौं । उत्तरी पेरुमा शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयानुसार आइतबार बिहान (नेपाली समयानुसार बेलुका ५ बजेतिर) बारान्का सहरबाट ४० किलोमिटर टाढा ७.५ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जानकारी दियो ।

राजधानी लिमा आसपास जोडदार भूकम्पको धक्का महसुस गरियो । भूकम्पबाट कुनै क्षति भए नभएको तत्काल कुनै जानकारी आइसकेको छैन । भूकम्पको केन्द्र १०० किलोमिटर भन्दा बढी गहिराइमा रहेको थियो, जसकारण जमिन हल्लिने स्तर सीमित भयो ।

यूरो–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले ट्वीटमा भूकम्प अमेजन वर्षावनको एकदमै कम जनसंख्या भएको क्षेत्रमा गएको बताएको छ । अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नदेखिएको बताएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु