काठमाडौ । एसओएस बालग्राम नेपालको प्रवन्ध बोर्डको चार बर्षे कार्यकाल सकिएसँगै नयाँ वोर्ड गठन गर्नको लागि आइतवार बसेको जनरल एसेम्वलीमा वहुमत सदस्य अनुस्पथित भएका छन् ।

४३ सदसिय जनरल एसेम्वलीमा मताधिकार भएका १७ जना सदस्य मात्र उपस्थीत भएको बालग्राम स्रोतले जनाएको छ । निर्णय गर्न बहुमतको लागि एसेम्वलीमा मताधिकार भएका २१ जना सदस्य अनिवार्य रुपमा उपस्थीत हुनु पर्छ ।

तर एसेम्वलीमा एसओएस वालग्राममा कार्यरत ५ जना कर्मचारी समेतलाई उपस्थीत गराएर २२ जना पुर्याइएको छ । बालग्रामका कार्यरत कर्मचारी सदस्य रहेपनि उनीहरुलाई मताधिकार भने हुदैन ।
शर्मा एक्लिए
जनरल एसेम्वलीमा राष्ट्रिय निर्देशक इश्वरीप्रसाद शर्मा नआएर घरबाटै भर्चुअल उपस्थीति जनाएका छन् । गत हप्ता नयाँ नायव राष्ट्रिय निर्देशकको नियुक्तीको लागि गर्न खोजिएको विज्ञापनको नेशनल म्यानेजमेन्ट टिमको छलफलमा शर्मा एक्लिएका थिए ।

टिमका सदस्यहरु भने बालग्राम नेपालमा भएका आर्थिक, अनियमितता, जथाभावि नियुक्ती रोक्ने र यौन दुव्र्यवहार गर्नेमाथी कारवाही गर्ने पक्षमा रहेका छन् ।

छलफलमा अल्पमतमा परेर कुनै पनि निर्णय गर्न नसक्ने भएपछि उनी भोलीपल्ट देखिनै कोभिड भएको वहाना बनाएर घरमै बसिरहेका छन् ।

आर्थिक अनियमितता मुछिएका शर्माले बालयौन दुव्यवहारको आरोप लागेका एकजना निर्देशकलाई संरक्षण गरेको आरोप पनि खेपिरहेका छन् ।

भुकुम्पको समयमा भुकुम्प पीडितको लागि आएको राहात रकम हिनामिना गरेको र बालयौन दुव्यवहारको आरोप लागेका एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्द्रकुमार गिरीलाई संरक्षण दिदै आएको आरोप पनि उनी माथि छ ।

राष्ट्रिय निर्देशक भएर पनि सक्षम नेतृत्व दिन नसकेका शर्मा र निर्देशक गिरीमाथी महिला हिंसाको आरोप समेत लागेको छ ।

उनीहरुले एसओएस बालग्राम सुर्खेतमा कार्यरत एक जना आमालाई मानसिक यातना दिइरहेको खवरहरु विभिन्न संचार माध्यममा आइरहेका छन् ।
जरजस्ती बैठक
एसेम्वलीमा सहभागी एक जना सदस्यले कोरम र कानुनी वैधता सम्वन्धी प्रश्न उठाउँदा जरजस्ती बैठक अघि बढाइएको थियो ।

आफु अनुकुल हुने गरी चुनाव नहुने अवस्था सृजना गरेर राष्ट्रिय निर्देशक शर्माले सीमित व्यक्तिहरुलाई वोर्डमा मनोनित गरेका छन् ।

बोर्ड अध्यक्षमा डा. ज्योतिरत्न धाक्वा नै दोहोरिएका छन् । जसले शर्मासँग मिलेर आर्थिक अनियमितता, वालयौन दुव्र्यवहार, महिला हिंसासँग सम्वन्धीत मुद्धाहरुमा भएको छानविन रिपोर्टहरु वाहिर ल्याएका छैनन् ।
जिम्मेवारीबाट मुक्त हुने डर
रिपोर्टहरु कार्यन्वयन भए जिम्मेवारीबाट मुक्त हुने डर शर्मा र उनका निकट सहयोगी गिरीलाई छ । बोर्डका अध्यक्ष धाक्वाले वोर्डको वैधानिकताबारे आफुलाई केही थाहाँ नभएको बताए ।

उनले भने, मलाई सवै जानकारी भए अनुसार सवै ठिकै छ । वाकी सुचना लिन कार्यालयमा आउनु होला । बोर्ड वैठकमा भएका अर्का एक जनाका अनुसार बोर्ड वैठकमा ५१ प्रतिशत संख्या नपुगेरै वैठक बसेको बताए ।

यो विषयमा वुझ्ना खोज्दा राष्ट्रिय निर्देशक शर्मासँग सम्पर्क हुन सकेन भने सुचना अधिकारी ओलीको फोन उठेन ।

सम्बन्धित खबरहरु