काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रस्ताव बोकेर महाधिवेशनको बन्दसत्र हलमा प्रवेश गर्नुभएको छ । ओली हलभित्र प्रवेश गर्दा समर्थकहरूले हल बाहिर चर्को नाराबाजी गरेका छन् ।

उनीहरूले ‘वी लभ यू केपी बा’ भन्दै नारा लगाइरहेका छन् । सौराहमा जारी नेकपा एमालेको दशौं महाधिवेशनको बन्दसत्र स्थलमा अध्यक्ष ओलीको पक्षमा नाराबाजी भएको हो । विहान १० बजेका लागि बोलाइएको बन्दसत्र अझैसम्म सुरु हुन सकेको छैन ।

सहमतिको प्रयासमा नेताहरुसँग दिनभर छलफल गरेका ओली भर्खर बन्दसत्र स्थलमा पुग्नुभयो । त्यसक्रममा कार्यकर्ताले ‘केपी बा, आई लभ यू’, ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’ पार्टी ‘फुटाउने मतियार होसियार’ भन्नेजस्ता नारा घन्काएका हुन् ।

सम्बन्धित खबरहरु