काठमाडौ । नेकपा एमालेको नयाँ नेतृत्वको सूची सार्वजनिक गरिएको छ ।

सूची अनुसार महासचिवमा शंकर पोखरेलको नाम अघि सारिएको छ ।

अध्यक्ष मण्डलको बैठक बस्नुअघि शीर्ष नेताहरुसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

महासचिवका प्रमुख दाबेदार विष्णु पौडेललाई सहमत गराएरै ओलीले पोखरेललाई महासचिवमा प्रस्ताव गर्न लागेको एमाले स्रोतको दावी छ । नेकपामै महासचिव भइसकेका पौडेल ईश्वर पोखरेलपछिको बरियतामा उपाध्यक्ष प्रस्तावित गरिएको खुलेको छ ।

पोखरेल बरिष्ठ उपाध्यक्ष हुँदा भीम रावल, सुवास नेम्वाङ, रामवहादुर थापा बादल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य उपाध्यक्ष प्रस्तावित भएको सूची बाहिर आएको छ ।

शंकर पोखरेल महासचिव हुँदा उपमहासचिवमा घनश्याम भुसाल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङको नाम राखिएको छ ।

पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको सूची अध्यक्ष ओलीले बन्दसत्रमा पेश गर्ने तयारी गरिरहनुभएको छ ।

उपाध्यक्षमा प्रस्तावित भीम रावल र उपमहासचिवमै प्रस्तावित घनश्याम भुसालले चुनाव माग गरिरहेको अवस्था छ ।

यदि उहाँहरुले बन्दसत्रमा प्रस्तुत नाममा असहमति जनाएर चुनाव चाहेमा सोही पदमा मात्र चुनाव हुने एमाले स्रोतले स्पष्ट पारेको छ । अरु कुनैपनि पदमा चुनाव हुने छैन । उहाँहरुको पदमा भने अस्वीकार गरेमा चुनाव हुनेछ ।

सम्बन्धित खबरहरु