चितवन । नेकपा एमालेको दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरु सहित पदाधिकारीको टिम सार्वजनिक गर्नुभएको छ ।

सबै पदमा सर्वसम्मतका लागि अध्यक्ष ओलीले नामावली प्रस्तुत गर्नुभएको हो । यद्यपि अध्यक्ष पदमा भने सर्वसम्मत हुन सकेको छैन । निर्वाचनबाट छिनोफानो हुने गरी मनोनयन दर्ताको तयारी भएको छ ।

राति अबेर सुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य सहित पदाधिकारी प्रस्ताव गर्नुभयो । लगतै अध्यक्ष मण्डलमा छलफलपछि उहाँले भीम रावललाई मनाउने प्रयास गर्नुभयो ।

आफूले एकताका निम्ति धेरै प्रयास गरेको भन्दै उहाँले रावललाई भन्नुभयो, सिंगै हलले भनेको भन्दा बाहिर नजान कमरेड भीम रावललाई आग्रह गर्दछु ।’

तर रावल उहाँको प्रस्तावमा सहमत हुनु भएन र अध्यक्षमा उम्मेदवार हुने स्पष्ट पार्नुभयो । हलमा होहाल्ला भएपछि ओलीले शान्त रहन आग्रह गर्नुभयो र रावललाई उठ्न दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले उम्मेदवारी फारम भरिसक्नुभएको छ । बिहान ८ बजे मनोनयन दर्ता गर्ने उहाँको तयारी छ । त्यसपछि अध्यक्ष पदमा मात्र चुनाव हुनेछ ।

लगतै अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि १९ सदस्यीय पदाधिकारी प्रस्ताव गर्नुभयो । आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गर्नुभएका उहाँले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम लिनुभयो ।

उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्बाङ पर्नुभएको छ । सुरुमा उहाँले वरिष्ठ उपाध्यक्षमा दावी गर्दै आउनुभएका नेम्बाङको नाम छुटाउनुभएको थियो ।

अध्यक्ष मण्डलका अरु सदस्यले सम्झाएपछि झण्डै छुटेछ भन्दै नेम्बाङलाई पनि उपाध्यक्षमा राख्नुभयो । उहाँलाई मनाएर नै यो पद दिइएको बुझिएको छ ।

यस्तै महासचिवमा शंकर पोखरेललाई अघि सार्नुभएका ओलीले उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गर्नुभएको छ ।

सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम लिनुभएको छ ।

आफूले अघि सारेका नाममा सहमति जनाउन र त्यसलाई उम्मेदवारी दर्ता गर्न आग्रह गर्नुभएको थियो । लगतै उहाँले बन्दसत्रको यो सेसन अन्त्य भएको घोषणा गर्नुभयो । हलले तालि बजाएर अनुमोदन गरेको थियो ।

यस्तो छ सूची

  • अध्यक्ष: केपी शर्मा ओली
  • वरिष्ठ उपाध्यक्ष: ईश्वर पोखरेल
  • उपाध्यक्ष: युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ
  • महासचिव: शंकर पोखरेल
  • उपमहासचिव: प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल
  • सचिव: टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्मा अर्याल

यी हुन् एमालेका सबै क्लस्टरका केन्द्रीय सदस्य (सूचीसहित)

खुल्लातर्फ

  • युवराज ज्ञवाली
  • अष्टलक्ष्मी शाक्य
  • भीम रावल
  • ईश्वर पोखरेल
  • विष्णु पौडेल
  • घनश्याम भुसाल
  • प्रदीप ज्ञवाली
  • पृथ्वीसुब्बा गुरुङ
  • गोकर्ण विष्ट
  • भीम प्रसाद आचार्य
  • योगेश भट्टराई
  • सुवास नेम्वाङ
  • रामवहादुर थापा बादल
  • शंकर पोखरेल
  • सुरेन्द्र पाण्डे
  • किरण गुरुङ
  • विष्णु रिमाल
  • छबिलाल विश्वकर्मा
  • रघुवीर महासेठ
  • टोपवहादुर रायमाझी
  • लेखराज भट्ट
  • मणी थापा
  • रघुजी पन्त
  • खगराज अधिकाी
  • भानुभक्त ढकाल
  • यमलाल कडेल
  • कर्णवहादुर थापा
  • काशीनाथ अधिकारी
  • गुरु बराल
  • देवराज घिमिरे
  • कृष्णगोपाल श्रेष्ठ
  • लालाबाबु पण्डित
  • अग्नि खरेल
  • जीवन घिमिरे
  • रविन कोइराला
  • राजेन्द्र गौतम
  • विनोद ढकाल
  • हिक्मत कार्की
  • अच्युत मैनाली
  • अरुण नेपाल
  • कपिल पोखरेल
  • कमल चौलागाई
  • गणेश पहाडी
  • गोकुल बास्कोटा
  • देवी ज्ञवाली
  • नारायण सिलवाल
  • मनोज थापा
  • महेश बस्नेत
  • माधव अर्याल
  • राजन भट्टराई
  • रामेश्वर फुयाल
  • सोम मिश्र
  • भीम कार्की
  • रामशरण बस्नेत
  • रविन्द्र अधिकारी
  • खिमलाल भट्टराई
  • गिरिधारीलाल न्यौपाने
  • चन्द्र वहादुर खड्का
  • ठाकुर गैरे
  • दधिराम न्यौपाने
  • लक्ष्मण ज्ञवाली
  • सुर्य थापा
  • गोरख बोगटी
  • राजवहादुर बुढा
  • लक्ष्मी पोखरेल
  • गणेश ठगुन्ना
  • झपट रावल
  • प्रकाश शाह
  • शेरधन राई
  • परशु मेघी गुरुङ
  • शेरवहादुर तामाङ
  • यज्ञराज सुनुवार
  • पार्वत गुरुङ
  • देवेन्द्र दहाल
  • श्रीप्रसाद जगेबु
  • राम राना
  • किशोर मल्ल
  • दिवाकर देवकोटा
  • पुरुषोत्तम पौडेल
  • खड्ग खड्का
  • राजिव पहारी
  • जेएन थपलिया
  • कृष्ण दाहाल
  • कृष्ण थापा
  • कृष्ण पौडेल
  • बलराम अधिकारी
  • घनश्याम पाण्डे
  • चेतनारायण आचार्य
  • कुमार दशौंदीं
  • शिवराज सुवैदी
  • रोमनाथ ओली
  • सुर्य ढकाल
  • नवराज रावत
  • दल रावल
  • किरण पौडेल
  • गोविन्द थापा
  • नरवहादुर धामी
  • दयालवहादुर शाही
  • पठानसिंह बोहोरा
  • सन्जिव झा

खुला महिला

  • विन्दा पाण्डे
  • शिवमाया तुम्बाहाम्फे
  • पद्मा अर्याल
  • सीता पौडेल
  • थममाया थापा
  • सुजिता शाक्य
  • निर्मला देवकोटा
  • ममता गिरी
  • सुशिला नेपाल
  • मनकुमारी जीसी
  • श्रीमाया थकाली
  • सीता सुन्दास
  • सीता गिरी वली
  • विमला घिमिरे
  • शान्ता चौधरी
  • गौरी ओली
  • निरुदेवी पाल
  • लिला भण्डारी
  • नविना लामा
  • भगवती चौधरी
  • सुनिता बराल
  • लक्ष्मी गौतम
  • सकुन्तला बस्नेत
  • सीता अधिकारी
  • अम्बिका थापा
  • बीणादेवी राई
  • मीना उप्रेती
  • गीता अधिकारी
  • तुलसा दाहाल
  • विन्दा ढुंगाना
  • सरस्वती बस्नेत
  • प्रभा बराल
  • शर्मिला कार्की
  • बालिका गिरी
  • विद्या भट्टराई
  • सरिता न्यौपाने
  • भारती पाठक
  • टुका हमाल
  • सम्झना देवकोटा
  • मैना भण्डारी
  • सीता न्यौपाने
  • उमादेवी आचार्य
  • शोभा ज्ञवाली
  • कोमल वली
  • सिर्जना काफ्ले
  • दक्षिणा शाही
  • कमला बोहोरा
  • इन्दु कडरिया
  • निरु दर्लामी कुँवर
  • शान्ति ढकाल
  • दिपा शर्मा रुपाखेती
  • प्रतिक्षा तिवारी
  • बुधनीदेवी महतो

जनजाति खुला

  • अइन्द्र सुन्दर नेम्वाङ
  • खगेन्द्र राई
  • पासाङ शेर्पा
  • यज्ञराज सुनुवार
  • डम्बरसिंह सम्बाहम्फे
  • टेकवहादुर बलम्पाकी
  • कमलजंग राई दनुवार
  • दावा लामा
  • लिलवहादुर थापा
  • गोकुल घर्ती मगर
  • दलवहादुर रानामगर
  • हरि राजवंशी
  • जमिन्द्रमान घले
  • सीपी घर्तीमगर
  • विद्यासुन्दर शाक्य
  • केशव स्थापित
  • अजय क्रान्ति

मधेशी खुल्ला

  • जगदिश कुसियत
  • रामलाल शाह
  • कुन्दन कुशवाह
  • गंगा यादव
  • प्रमोदनारायण यादव
  • रामचन्द्र मण्डल
  • सरोज यादव
  • हरिनारायण महतो
  • प्रभु हजारा
  • पशुपति दयाल मिश्र
  • राजकुमार गुप्ता
  • मोती दुगड
  • सुशील श्रीवास्तव

जनजाति महिला

  • उर्मिला थेबे
  • सुर्यकुमारी श्रेठ
  • अमृता सुब्बा
  • सवित्रा राना
  • तारा राई
  • ईश्वरी जिएम
  • टासी स्याङ्बो गुरुङसेनी
  • जुनेली श्रेष्ठ

मधेशी महिला

  • जुलीकुमारी महतो
  • ज्वाला कुमारी साह
  • शीला यादव
  • कमला महतो
  • सरिता गिरी
  • रितादेवी साह
  • थारु खुल्ला
  • बैजनाथ चौधरी
  • नरुलाल चौधरी
  • गौरीशंकर चौधरी
  • कृपाराम राना
  • बलवीर चौधरी

थारु महिला

  • गंगा चौधरी सतगौंवा
  • मन्जु चौधरी
  • सरस्वती चौधरी

मुस्लिम खुल्ला

  • तैयव हुसेन
  • मोहम्मद हलुवाई हारुन
  • सिराज अहमद फारुकी
  • महम्मद समिर

मुस्लिम महिला

  • साजिदा सिद्धिकी

दलित खुल्ला

  • रामदयाल मण्डल
  • ईश्वरी रिजाल
  • बमवहादुर विश्वकर्मा
  • पुरनसिंह दयाल
  • गोविन्द नेपाली
  • जीतु गौतम दर्जी
  • जंग नेपाली
  • रामप्रित राम

दलित महिला

  • शिवकुमारी गोतामे सार्की
  • रामरती राम
  • विष्णुमाया विक
  • सविता रसाईली

पिछडिएको क्षेत्र

  • भैरवसुन्दर श्रेष्ठ
  • लालवहादुर थापा
  • मोहन वानिया

महिला पिछडिएको क्षेत्र

  • पद्मी कुँवर

श्रमिक क्षेत्र

  • विनोद श्रेष्ठ
  • रमेश बडाल
  • कमल गौतम
  • बाबुराम थापा

श्रमिक महिला

  • मन्जु थापा मगर
  • सीता लामा

उपत्यका विशेष

  • माधव ढुंगेल
  • विना श्रेष्ठ

सम्पर्क समन्वय

  • नरेन्द्र श्रेष्ठ
  • कल्पना थापा

प्रदेश १

  • तिलकुमार मेन्याङबो
  • टंक आङ्बोहाङ
  • बालकृष्ण ढुंगेल
  • किशोर अधिकारी
  • बसन्त नेम्वाङ
  • राजेन्द्र राई

प्रदेश १ महिला

  • मेनका काफ्ले
  • मन्जु भण्डारी
  • उषाकला राई

प्रदेश २ खुल्ला

  • प्रभु साह
  • रामदयाल मण्डल
  • महम्मद समिर
  • लिलानाथ श्रेष्ठ
  • राजकुमार लेखी
  • प्रभु हजारा

महिला

  • कल्पना कटुवाल
  • रेखा झा

बागमती प्रदेश / खुला

  • कृष्ण कुमार राई
  • कैलाश ढुंगेल
  • खेम प्रसाद लोहनी
  • रामेश्वर राना
  • आनन्द प्रसाद पोखरेल
  • सरेश नेपाल

महिला

  • रचना खड्का
  • पेम्बा लामा
  • पार्वती रावल

गण्डकी/खुला

  • मायानाथ अधिकारी
  • तिलक महत
  • भुपेन्द्रवहादुर थापा
  • इन्द्रलाल सापकोटा
  • टुकराज सिग्देल

महिला

  • नरदेवी पुन
  • सीमा क्षेत्री
  • मीना कुमारी गुरुङ

लुम्बिनी

  • लिला गिरी
  • खेममान खड्का
  • नविन रोक्का मगर
  • दिनेश पन्थी
  • भुमिश्वर ढकाल
  • हरि रिजाल

महिला

  • सरिता ढकाल
  • सावित्रा अर्याल
  • मेनका पोखरेल

कर्णाली

  • धर्मराज रेग्मी
  • निरज आचार्य
  • गुलाबजंग शाह
  • विष्णु रिजाल
  • डम्बर वहादुर सिंह
  • नेशनल शाही

महिला

  • तीर्था गौतम
  • मीना रखाल
  • मोहनमाया ढकाल

सुदूरपश्चिम

  • राजेन्द्रसिंह रावल
  • भैरववहादुर सिंह
  • झपट वोहोरा
  • नारदमुनी राना
  • लिलाधर भट्ट
  • अफिलाल उखेडा

महिला

  • कमला ओली
  • कमला बोहोरा
  • शान्ता शर्मा

सम्बन्धित खबरहरु