काठमाडौ । एकाबिहानै बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट बचेको छ ।

नेपालगन्ज विमानस्थलको धावनमार्गमा बुधबार साँझ बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा जनावरसँग ठोक्किएको थियो ।

यस्तो अवस्थामा विमान ठूलो दुर्घटनाबाट बचेको छ । नेपालगञ्ज विमानस्थल स्रोतकाअनुसार सानो खालको जनावरसँग जहाज ठोक्किएको पाइएको छ ।

यसअघि अघिल्लो महिना सीता एयरको जहाजमा बँदेलका बच्चा ठोक्किएका थिए ।

बुधबार साँझ स्यालको बच्चा, बिरालो वा खरायो के थियो भन्ने नखुलेको स्रोतको भनाइ छ । अवतरणका क्रममा जहाजमा भने कुनै समस्या आएन ।

काठमाडौं बाट ७० जना यात्रु लिएर नेपालगन्ज पुगेको यो जहाज साँझ ७ः०५ मिनेटमा अवतरण गरेको थियो ।

जनावरको रगत पखालेर उडान नियमित गरिएको छ । अहिले नेपालगन्ज विमानस्थलमा बढीजसो रात्रीकालीन उडान हुने गरेको छ ।

सम्बन्धित खबरहरु