काठमाडौं । अधिवेशनमा विवाद हुँदा गोली चलाउने व्यक्तिबारे नयाँ खुलासा भएको छ । मन्त्रीका अंगरक्षकले गोली चलाएको खुल्न आएको हो । सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा गोली चलेको थियो ।

सर्लाहीको बलरामा कांग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेपछि अधिवेशन रोकिएको हो । बलरा नगरपालिका–९ स्थित अचलगढमा वडा अधिवेशनका लागि डाकिएको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पनि पुग्नु भएको थियो । उहाँले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर गरेका हुन् ।

सम्बन्धित खबरहरु