काठमाडौं । प्रदेश लोकसेवा आयोगले महत्वपूर्ण सूचना जारी गरेको छ । प्रदेश लोकसेवा आयोग, बागमती प्रदेश, हेटौंडा प्रशासन तथा सूचना प्रकाशन शाखाले सूचना जारी गरेको हो ।

जारी सूचनामा भनिएको छ, ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरूमा खुला तथा समावेशी लिखित परीक्षाको तपसिल बमोजिम विज्ञापन सम्बन्धी सूचना प्रकाशित गरिएको छ । विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको बेबसाइट मा प्रकाशित गरिएको छ ।’

त्यस्तै स्थानीय तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ पाँचौं तहका पदहरुमा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्धारा हुने बढुवा, कार्यक्षमताको मूल्याङ्कनद्धारा हुने बढुवा, कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्धारा हुने बढुवा र आन्तिरक प्रतियोगितात्मक, खुला तथा समावेशी लिखित परीक्षाको तपसिल बमोजिम विज्ञापन सम्बन्धी सूचना प्रकाशि गरिएको छ ।

सम्बन्धित खबरहरु