चितवन । नेकपा एमालेका चर्चित नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकारको घोषणा गर्नुभएको छ ।

पदाधिकारीमा दाबी गर्दै आउनुभएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो ।

त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गर्नुभएको हो ।

सोमबार सामाजिक सन्जालमा पूर्वमन्त्री पण्डितले लेख्नुभयो, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

त्योपछि कुराकानी गर्दै नेता पण्डितले अब पार्टीको संगठित सदस्य मात्र भएर बस्ने बताउनुभयो ।

आफूले केन्द्रीय सदस्यमा पहिले नै उठ्दिन भने पनि अहिले केन्द्रीय सदस्यमा राखेकाले अस्वीकार गरेको बताउनुभयो ।

‘केन्द्रीय सदस्यमा उठ्दिन भनेकै थिएँ । अब पदाधिकारीमा बागी उठ्दिन । अब म पार्टीको कार्यकारी भूमिकामा नरहेर संगठित सदस्य भएर काम गर्छु’ उहाँले स्पष्ट पार्नुभयो । आफू अट्न नसक्नुपनि सामान्य ठानेको उहाँको भनाई थियो ।

सम्बन्धित खबरहरु