काठमाडौ । नयाँ विधानका कारण नेकपमा एमालेको नेतृत्वबाट चार जनाले अवकास पाउनुभएको छ ।

उमेरहदका कारण नेकपा एमालेका चारजना पुराना नेताहरू पार्टीको नेतृत्वबाट बाहिरिनुभएको हो ।

बाहिरिनेमा अमृतकुमार बोहरा, डोरमणी पौडेल, सत्यनारायण मण्डल र महेन्द्रबहादुर पाण्डे रहनुभएको छ ।

७० वर्ष नाघेको व्यक्तिले पार्टीको कार्यकारी पदमा बस्न नपाउने एमालेको विधानमा उल्लेख छ । उहाँहरूलाई अन्य राजकीय पदहरूमा जान भने विधानले रोक्दैन ।

एमालेका पुराना नेता बोहरा पार्टी अनुशासन आयोगका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ उमेरले ७३ वर्ष पुगेकाले पार्टी नेतृत्वबाट अवकाश पाउनुभयो ।

मण्डल, पौडेल र पाण्डे पनि ७१ वर्ष पुगेकाले पार्टीबाट विदा लिनुभयो । मण्डल एमाले स्थायी समिति सदस्य र प्रदेश २ का इन्चार्ज हुनुहुन्थ्यो ।

वागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेल केन्द्रीय सदस्य हुनुहुन्थ्यो । यस्तै पाण्डे चीनका लागि राजदूत नियुक्त हुनुका साथै पूर्व मन्त्री समेत हुनुहुन्थ्यो । उहाँलाई देउवा नेतृत्वको सरकारले फिर्ता बोलाएको थियो ।

सम्बन्धित खबरहरु