चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनका केन्द्रीय नेतृत्वमा आउने आकांक्षी उम्मेदवारको पहिलो सूची सूचना पार्टीमा प्रकाशन गरिएको छ ।

अब केही घण्टा मात्र उम्मेदवारी फिर्ता लिएर सर्वसम्मत गराउने अवशर बाँकी छ ।

के निवर्तमान अध्यक्ष केपी शर्मा ओली लगायत नेतृत्वले दावी प्रस्तुत गर्ने नेताहरुलाई आफ्नो उम्मेदवारी फिर्ता गराएर सर्वसम्मत गराउने सम्भावना छ ? यो प्रश्न अध्यक्ष उम्मेदवार डा. भीम रावललाई सोधिएको छ ।

उहाँले अहिले त्यो सम्भव नभएको र चुनाव नै हुने एकिन गर्नुभएको छ । तर उच्च श्रोतका अनुसार केहीलाई उम्मेदवारी झिकेर र केही अर्कोमा सारेर मिलाउने प्रयास अहिलेपनि भइरहेको बुझिएको छ ।

डा. रावललाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर विवाद मिलाउने प्रयास भइरहेको बुझिएको छ ।

अध्यक्षले नै तपाई भोलिको प्रधानमन्त्री हो यसका लागि तयारी गर्नुहोस् प्रतिस्पर्धाबाट बाहिर आएर प्रक्रियामा मात्र रहन आग्रह गरेको बुझिन्छ ।

उम्मेदवारी दर्ता सकिएको झन्डै चार घन्टापछि महाधिवेशनस्थलमा केन्द्रीय निर्वाचन समितिले पहिलो चरणको उम्मेदवारको सूची सार्वजनिक गरेको थियो ।

पहिलो सूची सार्वजनिक गरेसँगै उम्मेदवारमाथि उजुरी, दाबी विरोधलगायतका प्रक्रिया सुरु हुनेछ भने उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने प्रक्रिया सुरु गर्ने निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित खबरहरु