काठमाडौं । सौराहमा जारी दशौं महाधिवेसन स्थलबाट पूर्वमन्त्री समेत रहनु भएका एमाले नेता लालबाबु पण्डित मतदान नगरी फर्किनु भएको छ ।

नेकपा (एमाले) को केन्द्रीय सदस्य पद अस्वीकार गर्नुभएका नेता पण्डित मतदान नगरी फिर्ता हुनु भएको हो ।

पदाधिकारीका आकांक्षी पण्डितलाई अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राख्नु भएको थियो ।

त्यसपछि उहाँले कुनैपनि कार्यकारी पदमा नरहने अब साधारण सदस्यको रुपमा मात्र रहने निर्णय लिनुभएको छ ।

यो निर्णयले एमालेजन स्तब्ध बनेका छन् । मन्त्री हुँदापनि साइकलमा चढेर यात्रा गरेर दुनियाँभरी लालबाबु पण्डित चर्चित हुनुहुन्थ्यो ।

तर अचानक पण्डितले आफ्नो जिम्मेवारी सकिएको भन्दै आफू काठमाडौं फर्केको प्रतिकृया दिनुभयो । सर्वसम्मत गर्ने भनिएको भए पनि त्यस्तो नभएपछि भोट नहाल्ने निर्णयमा पुगेको उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा चुनाव हुने लगभग पक्का छ । उहाँले अब आफू संगठित सदस्यका रुपमा मात्र रहने जानकारी दिनुभयो ।

महाधिवेशन स्थलबाट निस्कनुभन्दा पहिले उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको थियो, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिदै दशौं महाधिवेसनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।

सम्बन्धित खबरहरु