काठमाडौं । जापानले चीनलाई पाठ सिकाउने चेतावनी दिएको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले शनिबार उत्तर कोरिया र चीनको धम्कीलाई उद्धृत गर्दै आफ्नो देशको रक्षा क्षमतालाई सुदृढ गर्ने वाचा गरेका हुन् ।

जापान ग्राउन्ड सेल्फ डिफेन्स फोर्सको क्याम्प असलामा ८०० सैनिकको अगाडि किशिदाले जापान वरपरको सुरक्षा अवस्था द्रुत गतिमा परिवर्तन भइरहेको भन्दै यस्तो प्रतिकद्धता व्यक्त गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘हाम्रो रक्षा क्षमतालाई बलियो बनाउन शत्रुको आधार शिविरमा आक्रमण गर्ने क्षमता जस्ता विकल्पहरूलाई हामी अस्वीकार गर्दैनौं ।’

फुमियो किशिदाले जापानको मध्यकालीन रक्षा कार्यक्रमका साथै राष्ट्रिय सुरक्षा र रक्षा दिशानिर्देशहरूको समीक्षा गर्न आदेश दिएका समाचार बाहिर आएका छन् ।

उत्तर कोरियाले हालै उन्नत रकेटहरूको परीक्षण बढाएको छ, जसले जापानको वर्तमान मिसाइल प्रतिरक्षा प्रणाली प्रभावहीन हुन सक्ने सम्भावना बढेको छ । त्यसले जापान सरकारलाई नयाँ विकल्पहरूबारे विचार गर्न बाध्य पारेको ब्याख्या भइरहेको छ ।

नयाँ विकल्पहरूमा जापानले शत्रुको आधार शिविरमा मिसाइल प्रक्षेपण आक्रमण पनि रहेको छ । जापानको शान्तिवादी संविधानले आत्म–रक्षाका लागि सम्पूर्ण कदमहरू उठाउन अनुमति दिन्छ ।

जापानमाथि कोही खनिने निश्चित भएपछि मात्र जवाफका विकप्लवबारे चर्चा हुने गरेको छ । किशिदाले उत्तर कोरियाले हाइपरसोनिक हतियार र ट्र्याजेक्टोरी शिफ्टिङ मिसाइलजस्ता नयाँ प्रविधिको विकास गरेको कुरालाई बेवास्ता गर्न नसकिने बताउनुभयो ।

टोकियो र साइतामा प्रिफेक्चर बीचको शिविरमा आफ्नो दिएको भाषणमा जापानी प्रधानमन्त्रीले चीनको बारेमा पनि आफ्नो चिन्ता व्यक्त गरेका छन् ।

उनले पारदर्शिताको अभावमा चीनले आफ्नो सैन्य शक्तिलाई सुदृढ गर्दै यथास्थितिलाई एकतर्फी रूपमा परिवर्तन गर्न खोजिरहेको बताए ।

उनले भने, ‘हाम्रो सशस्त्र बलको सबैभन्दा महत्वपूर्ण दायित्व जापानको जमिन, जल तथा हवाई क्षेत्रको दृढताका साथ रक्षा गर्नु र देशवासीको सम्पत्ति र जीवनको सुरक्षा गर्नु हो ।’

 

सम्बन्धित खबरहरु