काठमाडौं । भारतीय कांग्रेसका सांसद तथा पूर्व केन्द्रीय मन्त्री शशि थरुर आफ्नो एक ट्वीटका कारण फेरी चर्चामा आएका छन् ।

यसपटक उनले महिला सांसदसँगको आफ्नो तस्विर सामाजिक सञ्जालमा सेयर गरेपछि ट्रोलको सिकार बन्नुपर्यो ।

तस्विरसम्म कुरा ठिकै थियो तर क्याप्सनमा उनले जे लेखे त्यसकारण उनको कडा आलोचना गरियो ।

नेता थरुरले ट्विटमा ६ महिला सांसदहरूसँगै तस्विर राखेर संसद आकर्षक महिलाहरुको केन्द्र भएको र त्यहाँ काम गर्नु अहोभाग्य भएको आषय दिने खालको क्याम्पस दिएका छन् ।

उनले लेखेका छन्, ‘कसले भन्छ लोकसभा काम गर्नको लागि आकर्षक ठाउँ होइन ? आज बिहान मेरा छ जना सँगी सांसदहरूसँग’ आलोचना गरिएपछि उनले स्पष्टिकरण पनि दिएका छन् ।

उनले भने, ‘पूरै सेल्फी कुरा (महिला सांसदहरूको पहलमा) उत्कृष्ट हास्यव्यंग्यमा गरिएको थियो र उनीहरूले नै मलाई त्यसै भावनामा ट्वीट गर्न भनेका थिए ।

मलाई माफ गर्नुहोस् कि केहि मानिसहरू ट्रोल गरिरहेका छन् । तर म कार्यस्थलको सौहार्दको यो समूहमा संलग्न हुन पाउँदा खुसी छु । कुरा यति मात्रै हो ।’

 

सम्बन्धित खबरहरु