चितवन । नेकपा एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका केही सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्नुभएको थियो ।

तर उहाँले पेश गरेको सूचीमा नभएकाहरुले समेत उम्मेदवारी दिएका कारण धेरैमा निर्विरोध हुन सकेन । र अब केही बेरमा मतदान हुनेछ ।

अध्यक्षमा ओलीसँग भीम रावलको उम्मेदवारी परेको छ । उपाध्यक्ष र सचिवमा पनि निर्वाचन हुने भएको छ ।

६ उपाध्यक्षका लागि ७ र ७ सचिवका लागि ९ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । यसैले यी पदमा मतदान हुनेछ ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्वारोध निर्वाचित भइसक्नुभएको छ ।

केन्द्रीय सदस्यहरुमा पनि केही निर्विरोध भएको देखिन्छ । खुला, आदिवासी, जनजाति लगायतका धेरै उम्मेवार परेको ठाउँमा पनि सहमतिको प्रयास भइरहेको छ ।

सकेसम्म पदाधिकारीमा मात्र चुनाव गर्ने प्रयास हुने एक नेताले बताउनुभयो । अहिलेसम्म उम्मेदवारी दर्ताकै आधारमा धेरै केन्द्रीय सदस्यपनि निर्विरोध निर्वाचित भइसक्नुभएको छ । बाँकी मिलाउने प्रयास भइरहेको छ ।

मधेसी / महिला

  • कमलादेवी महतो
  • जुलीकुमारी महतो
  • ज्वालाकुमारी साह
  • रितादेवी साह
  • शिला यादव
  • सरिता गिरी यादव

मुस्लिम / महिला

  • साजिदा खातुन सिद्धिकी

दलित / महिला

  • विष्णुमाया विक
  • रामरति देवी राम
  • शिवकुमारी गोतामे
  • सबिता रसाईली

पिछडिएको क्षेत्र / महिला

  • बद्मीकुमारी बोहरा

श्रमिक / खुला

  • विनोद श्रेष्ठ
  • रमेश बडाल
  • कमल गौतम
  • बाबुराम थापा

महिला

  • मञ्जु कुमारी थापा मगर
  • सीता लामा

उपत्यका विशेष / खुला

  • माधव ढुंगेल

महिला

  • विनाकुमारी श्रेष्ठ

सम्पर्क समन्वय / खुला

  • नरेन्द्र श्रेष्ठ

प्रदेश १ / महिला

  • उषाकला राई
  • निरा खनाल
  • मेनुका काफ्ले

प्रदेश २ / खुला

  • अरविन्दकुमार सिंह
  • उपेन्द्र साह
  • प्रभु साह
  • राजकुमार लेखी
  • लीलानाथ श्रेष्ठ
  • सुमन प्याकुरेल

महिला

  • कल्पनाकुमारी कटुवाल
  • रञ्जना सरकार
  • रेखाकुमारी झा

बाग्मती / महिला

  • पार्वती रावल
  • पेम्बा लामा
  • रचना खड्का

गण्डकी / खुला

  • इन्द्रलाल सापकोटा
  • जगत विश्वकर्मा
  • टुकराज सिग्देल
  • तिलबहादुर महत
  • भूपेन्द्रबहादुर थापा
  • मायानाथ अधिकारी

महिला

  • नरदेवी पुन
  • मिनाकुमारी गुरुङ
  • सीमाकुमारी क्षेत्री

लुम्बिनी / खुला

  • खेममान खड्का
  • दिनेश पन्थी
  • नविन रोका
  • भूमिश्वर ढकाल
  • लीला गिरी
  • हरि रिजाल

महिला

  • मेनुका पोखरेल
  • सरिता खनाल
  • साबित्रा अर्याल

कर्णाली / महिला

  • तीर्था गौतम
  • मिना ढकाल
  • मोहनमाया ढकाल

सम्बन्धित खबरहरु