काठमाडौ । विद्यालय मन्दिर हो भने शिक्षक भगवानको अर्को रूप हुन् ।

तर कहिलेकाँही यस्ता घटना बाहिर आउँछन्, जस्ले माथि उल्लेख गरिएका कुराहरूलाई मिथ्या बनाउछन् ।

यस्तै एक समाचार बाहिर आएको छ । आफ्नै विद्यार्थीलाई गलत कामको सिकार बनाउने महिला शिक्षिकाको हर्कत सार्वजनिक भएको छ ।

पहिले उनी आफ्ना अन्तरंगका तस्बिरहरू विद्यार्थीहरूलाई पठाउने गर्थिन्, त्यसपछि उनीहरूलाई कारमा बोलाउथिन् ।

यी महिला शिक्षिकाको पोल तब पर्दाफास भयो जब उनले आफ्ना एक विद्यार्थीलाई आफ्नो भित्री अन्तरंगका तस्बिर पठाएर कारमा बोलाएर उनीसँग सम्बन्ध बनाइन् । त्यो पनि निकै अनौंठो रुपमा खुलासा भयो ।

वास्तवमा यो घटना अमेरिकाको मिसौरीको हो । ‘डेली स्टार’ को रिपोर्ट अनुसार त्यहाँको एक विद्यालयमा पढाउने महिला शिक्षिकासँग जोडिएको यो कुरा बाहिर आएपछि विद्यालय प्रशासनमा हलचल मच्चिएको छ ।

शिक्षिकले आफ्नै विद्यार्थीसँग त्यस्तो काम गरेको कुरा सामाजिक सञ्जालमा भाइरल मात्र भएन, जागिर पनि गुमाउनु पर्यो ।

जानकारी अनुसार शिक्षिकले एक विद्यार्थीलाई आफ्नो अन्तरंगका फोटो पठाएर कारमा बोलाएर उनीसँग सम्बन्ध राखेकी थिइन् । त्यसै क्रममा ती विद्यार्थीका अभिभावकलाई शंका लाग्यो ।

उनीहरूले बच्चालाई सोधपुछ गरे, अनी सबै कुराको पर्दा खुल्यो । त्यसपछि अभिभावकले प्रहरीमा पुगेर यस विषयमा अनुसन्धान गर्न भन्दै उजुरी दर्ता गराएका थिए ।

अनुसन्धान अधिकृतको सोधपुछका क्रममा बालकले शिक्षकको आग्रह र दबाबमा आफूले सम्बन्ध बनाएको स्वीकार गरेका हुन् । उनले त्यसरी अलग अलग विद्यार्थीसँग शारीरिक सम्बन्ध राखेको खुल्न आएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु