चितवन । नेकपा एमाले केन्द्रीय कमिटीको खुलातर्फको महिला सदस्यमा ५३ जना निर्विरोध चयन भएका छन् ।

उम्मेदवारी फिर्ता गर्ने अवधिमा अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएका कारण निर्विरोध भएको हो ।

अन्तिम समयमा आएर अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा नपरेकी उषाकला तिम्सिना पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।

एमाले निर्वाचन आयोगका अनुसार खुलातर्फको महिलाको ५३ सिटका लागि ५४ जनाले उम्मेदवारी दर्ता गरेका थिए ।

तर अर्चना गहतराजले उम्मेदवारी फिर्ता लिएपछि अरु ५३ जना निर्वारोध भएको आयोगले जनाएको छ । पार्टीका नेताहरुसँग सल्लाह गरेर आफूले उम्मेदवारी फिर्ता लिएको गहतराजले पुष्टी गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यसमेत रहनुभएकी गहतराज र तिम्सिना तत्कालिन माधवकुमार नेपाल समूहमा हुनुहुन्थ्यो । माधव नेपाल पक्षका नेताहरुसँग भएको १० बुँदे सहमतिपछि दुबैजना एमालेमा फर्किनुभएको थियो ।

 

सम्बन्धित खबरहरु