काठमाडौं । महिलाहरूलाई लिएर भारतमा एक नयाँ खुलासा भएको छ ।

त्यसबाट भारतमा हुने घरेलु हिंसा कत्तिको असामान्य छ भनेर अनुमान गर्न सकिन्छ ।

हालै गरिएको एक अध्ययनले भारतमा अहिले पनि ठूलो संख्यामा महिलाहरूले घरेलु हिंसालाई स्वाभाविक मान्न थालेको देखाएको हो ।

राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षण ९० को हालैको सर्वेक्षण अनुसार, १८ मा १४ राज्य र केन्द्र शासित प्रदेशहरूमा ३० प्रतिशत भन्दा बढी महिलाहरूले केहि निश्चित परिस्थितिहरूमा पुरुषहरूबाट हुने पिटाईलाई गलत मानेका छैनन् ।

सर्वेक्षण अनुसार, तीन राज्यहरू तेलंगाना (८४ प्रतिशत) , आन्ध्र प्रदेश (८४ प्रतिशत) र कर्नाटक (७७ प्रतिशत) लगभग ७५ प्रतिशत भन्दा धेरै महिलाहरूले पतिले पिट्नुलाई जायज मानेका हुन् ।

अर्कोतिर मणिपुरमा ६६ प्रतिशत, केरलामा ५२ प्रतिशत, जम्मु कश्मीरमा ४९ प्रतिशत, महाराष्ट्रमा ४४ प्रतिशत र पश्चिम बंगालमा ४२ प्रतिशतले पतिले कुटपिट गर्नु जायज मानेका छन् । श्रीमानले श्रीमतीलाई कुटपिट गर्नु जायज हो जस्तो लाग्छ ?

भनेर सोधिएको प्रश्नमा १४ राज्य र केन्द्र शासित प्रदेशका ३० प्रतिशतभन्दा बढी महिलाले ‘जायज हो’ भन्ने जवाफ दिए ।

सर्वेक्षणले सम्भावित परिस्थितिहरू पनि पत्ता लगाएको छ । अध्ययन अनुसार निम्नानुसार अवस्थामा श्रीमानले श्रीमतीलाई पिट्दा हिंसा हुँदैन् ।

  • यदि श्रीमानलाई लाग्यो कि उस्लाई पत्नीले धोका दिइन्,
  • यदि महिलाले आफ्ना सासु ससुराको अपमान गर्छिन,
  • यदि कुनै पनि कुरामा पतिसँग बहस गर्छिन्,
  • यदि महिलाले शारीरिक सम्पर्क राख्न अस्वीकार गर्छिन,
  • यदि श्रीमानलाई नभनी बाहिर जान्छिन्,
  • यदि घर वा बच्चाहरूलाई बेवास्ता गर्छिन,
  • यदि राम्रोसँग खाना पकाउँदिनन्,

अधिकांश महिलाले घर वा छोराछोरीको बेवास्ता र सासु–ससुराको अपमानका कारण हुने कुटपिट सामान्य मानेका छन् ।

हिमाचल, केरला, मणिपुर, गुजरात, नागाल्याण्ड, गोवा, बिहार, कर्नाटक, असम, महाराष्ट्र, तेलंगाना र पश्चिम बङ्गालका १८ मध्ये १३ राज्यका महिलाहरूले सासुससुराको अपमान गरेको श्रीमानबाट हुने कुटपिटलाई जायज ठहराएका छन् ।

सबैभन्दा कम, हिमाचल प्रदेशका १४.८ प्रतिशत महिलालाई लाग्छ कि श्रीमानको हातबाट हुने कुटाइ जायज हो । अर्कोतिर कर्नाटकका झण्डै ८२ प्रतिशत महिलाहरू श्रीमानको हातबाट पिटाई खानुलाई जायज मान्छन् ।

हैदरावादस्थित एनजीओ ‘रोशनी’की निर्देशक उषाश्री, जसले भावनात्मक पीडामा परेका मानिसहरूलाई परामर्श र अन्य सेवाहरू प्रदान गर्दछ ।

उषाश्रीको संस्थाले कोभिड–१९ को समयमा यौन दुर्व्यवहार र घरेलु हिंसामा वृद्धि भएको देख्यो । उनले भनेकी छिन, ‘महामारीका कारण केही पुरुषहरु आफ्नो निराशा, आम्दानीमा कमी लगायतका कारणले भएको रिसलाई घरपरिवारका सदस्यहरुमाथि निकालिरहेका छन् ।

परिवारका सदस्यहरुबीच झगडा बढ्दै गएपछि फोन आउने संख्या पनि बढेको छ । महामारीको कारण तिनी (महिला) हरू चौबीसै घण्टा चुलोमा मात्रै सीमित छन् ।’

 

सम्बन्धित खबरहरु