काठमाडौं । चितवनको सौराहामा जारी नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन तालिका पुन पछि सरेको छ ।

राती ९ बजे मतदान गर्ने भनिए पनि नामावली फिर्ता लिने क्रम चलेकाले मतदान गर्ने समय ११ बजेलाई सारिएको निर्वाचन संयोजक विजय सुब्बाले जानकारी दिनु भयो ।

उम्मेदवारी फिर्ता लिने क्रम सकिए पछि मात्र अन्तिम नामावली प्रकाशित गर्ने सुब्बाले बताउनु भयो । के कति उमेदवारले नाम फिर्ता लिए भन्ने बारे अहिले भन्न नसकिने उहाले जानकारी दिनुभयो ।

थोरै संख्यामा उमेदवारी परेकाले निर्वाचन हुदैन कि भन्ने लागेर कतिपय प्रतिनिधिहरु घर जानू भएको आफुले सूचना पाएको सुब्बाले बताउनुभयो । धेरै प्रतिनिधि भएमा धेरै समय लाग्ने र थोरै भएमा छिटो मतदान को काम सकिने उहाँले जानकारी दिनु भयो ।

पदाधिकारीसहित केन्द्रीय सदस्यहरुमा निर्वाचन हुने भएको छ । सात प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुकालागि अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्र हलमा आइतबार राति प्रस्ताव गरेभन्दा बाहेकले समेत उम्मेदवारी दिएपछि सोमबार राति ११ बजे पछि निर्वाचन हुने भएको हो ।

शनिबारदेखि सहमतीको प्रयास गरे पनि सफल हुन सकेको थिएन । आइतबार राती अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्य र सोमबार विहान ३ बजे पदाधिकारीको नाम सर्वसम्मतिका लागि घोषणा गरेपनि उमेदवारी परेको छ ।

एक अध्यक्षमा दुइजनाको उमेदवारी परेको छ । अध्यक्ष केपी शर्मा ओली र भीम रावलको उमेदवारी परेको हो । रावलले आफूलाई मत दिनको लागि प्रतिनिधिहरुसंग मत माग्दै हिड्नु भएको छ । त्यस्तै गरी ६ उपाध्यक्षमा ७ जनाको उमेदवारी परेको छ ।

ओलीले घोषणा गर्नु भएको भन्दा बाहेक धनश्याम भुसालले उपाध्यक्षमा उमेदवारी हालेपछि यस पदमा मतदान हुँदैछ । एमालेमा ६ जना उपाध्यक्षको व्यवस्था रहेको छ ।

सम्बन्धित खबरहरु