काठमाडौं । कालीगण्डकी करिडोर बागलुङ कुश्मीसेरा खण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना बालक घाईते भएका छन् ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट सरंगीको लागि छुटेको ध १ च ३६० नम्बरको ट्याक्टर करिडोरको बलेवा कुश्मीसेरा खण्डको ठेउघरको भीरबाट (कैया भीर) लड्दा दुई युवाको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न सकेको छैन । दुर्घटनामा परी जैमिनी नगरपालिका– १ भण्डारा बस्ने शिव केसीको छोरा १२ बर्षिय सुदिप केसी घाईते हुनुभएको छ ।

केसीलाई पर्वत अस्पताल कुश्मा लगिएको स्थानीय भरत शर्मा पौडेलले जानकारी दिनुभयो । ट्याक्टरमा चालकसहित चार जना सवारी थिए । चालक बागलुङ नगरपालिका १३ पाउजा बस्ने अन्दाजी २५ बर्षिय विष्णु क्षेत्री फरार रहेको प्रहरीले जनाएको छ ।

शव भीरको अफ्ठ्यारो ठाउँम अड्किएको हुँदा निकाल्न र पहिचान गर्न कठिन भएको हो । इलाका प्रहरी कार्यालय बलेवाको टोलीले शव निकाल्न नसके पछि जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थल लागेको छ ।

सम्बन्धित खबरहरु