काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ३ वर्षे स्नातक तह तेस्रो र ४ वर्षे स्नातक तह चौथो बर्षको परीक्षा दिने परीक्षार्थीहरूको लागि परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएको सूचना प्रकाशित गरेको छ ।

त्रिविले दिएको दोव्वर दस्तुरको अन्तिम म्याद भोलि नै सकिन लागेको हो ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७८ सालमा सञ्चालन हुने स्नातक तह चौथो बर्षको परीक्षा दिने व्यवस्थापन तथा शिक्षा शास्त्र संकाय

र विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित तथा आंशिक र ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने शिक्षा शास्त्र संकाय तर्फका आंशिक परीक्षार्थी र मानविकी संकाय तर्फका नियमित,आंशिक तथा प्राइभेट परीक्षार्थीहरूको फारम भर्ने म्याद

२०७८ साल मंसिर ०७ गते देखि २०७८ साल मंसिर १५ गते सम्म आ–आफ्नो क्याम्पसमा दोव्वर दस्तुर लिई परीक्षा आवेदन फारम भरी सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

क्याम्पसहरुलाई फारम इन्ट्री गर्न २०७८ साल मंसिर १६ गते सम्म कायम गरिएको व्यहोरा सम्वन्धित सवैलाई सूचित गरिन्छ र भौचर सम्वन्धित प.नि.का.मा वुझाउन सूचित गरिन्छ ।’

 

सम्बन्धित खबरहरु