काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय ,बल्खुले जरूरी सूचना जारी गरेको छ ।

त्रिविले ३ वर्षे (स्नातक तह) एल.एल.वि. तेस्रो वर्ष २०७८ को आंशिक परीक्षा दिने परीक्षाीर्थहरुको परीक्षा आवेदन फारम भर्ने भराउने सूचना जारी गरिएको हो ।

जारी सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा संचालन हुने ३ वर्षे (स्नातक तह) एल.एल.वी.तेस्रो वर्ष २०७८ को आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई २०७८ साल मंसिर ०७ गते देखि पौष ०६ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ ।

२०७८ साल पौष ०७ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् ।

साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ ।

साधारण म्याद सकिएको दुई दिन भित्र सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु बुझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरीएको छ ।’

 

सम्बन्धित खबरहरु