काठमाडौ । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण तिव्र गतिमा फैलिएको छ ।

यसको नियन्त्रणका लागि विश्वभरी नै फेरी कडा कदम चाल्न थालिएको छ ।

नेपाल सरकारले समेत यो भेरिएन्ट फैलिरहेका मुलुकबाट हुनसक्ने सम्भावित संक्रमण्लाई रोक्न सरकारले ‘यात्रा व्यवस्थापन आदेश’ जारी गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ओमिक्रोन देखिएका मुलुकबाट आउने यात्रुको लागि ‘यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ जारी गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिनुभएको छ ।

आजसम्म १८ वटा मुलुकमा भेरिएन्ट फैलिइसकेको छ । सरकारले अफ्रिकी मुलुकहरुमा यात्रा प्रतिबन्ध लगाइसकेको छ ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकाबाट अफ्रिकाबाट आउने यात्रुलाई रोक लगाउने निर्णय गरेको हो ।

साथै, दक्षिण अफ्रिकी मुलुकका यात्रुलाई रोक्ने र अनअराइभल भिसा नदिने निर्णय पनि सरकारले गरिसकेको छ ।

के लकडाउन हुन्छ ?

विश्वभरी नै सीमा नाका बन्द गर्न थालिएको छ । विकसित देशहरुले यो भेरिएन्छ अत्यन्तै असरदार हुने भएकाले नियन्त्रण गर्न सबै उपाय लगाउने बताउँदै आएको छ ।

नेपाल सरकारलेपनि कुनैपनि बेला कठोर कदम चाल्नुपर्ने हुन्छ । तत्काल विदेश आवागमनमा कडाई गर्ने, भाइरस देखिएको खण्डमा स्वदेशमा समेत यात्रा प्रतिवन्ध लगाउने गरी सरकार उच्च सतर्क बनिसकेको एक अधिकारीले जानकारी दिनुभयो ।

 

सम्बन्धित खबरहरु