काठमाडौं । एक सैन्य हेलिकोप्टर दुर्घटनाको सिकार बनेको छ ।

अजरबैजानको सैन्य हेलिकप्टर अभ्यासको क्रममा दुर्घटनाग्रस्त भएको हो ।

सो दुर्घटनामा परेर केही व्यक्तिको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

आइफ्याक्सलाई उद्धृत गर्दै रोयटर्सले हेलिकोप्टर दुर्घटनामा परेको जानकारी दिएको हो ।

दुर्घटना सम्बन्धमा थप जानकारी आउन सकेको छैन । कति जनाको मृत्यु भयो, विमानमा कति जना सवार थिएलगायत अन्य प्रश्नहरुको जवाफ मिलेको छैन ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई अमेरिकामा सम्मान

अमेरिकाको मेरिल्यान्ड राज्यको विधान सभाले वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । मेरिल्यान्ड राज्यको विधानसभाको तर्फबाट सांसद ह्यारी भण्डारीले उक्त सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।

श्रेष्ठले नेपाल र विश्वभर छरिएर रहेका सबै नेपालीहरूलाई कलाकारिताको माध्यमबाट जनचेतना फैलाउन, सरकार तथा जिम्मेवार निकायलाई जनताको हित र पक्षका कुराहरू पुर्‍याउन अतुलनीय भूमिका निर्वाह गरेकोमा उनलाई सम्मान गरिएको भण्डारीले बताए ।

उनलाई कलात्मक उत्कृष्टता र उपलब्धि मार्फत विश्वव्यापी नेपाली डायस्पोरालाई अनुकरणीय सेवा पुर्‍याएको मान्यतामा सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख गरिएको छ ।

सम्मानपछि श्रेष्ठले कुनै दिन इतिहासमा अमेरिकाकै राष्ट्रपति पनि नेपाली मूलको हुन् सकोस् भन्दै भण्डारीलाई प्रगति र उन्नतिको शुभकामना दिएका थिए ।

सम्बन्धित खबरहरु