काठमाडौ । नेकपा एमालेको दशौं महाधिवेशनमा सर्वसम्मत भएन ।

निर्वाचन नै भयो । चुनावमा हारजित त भैहाल्छ । निर्वाचनमा डा. भीम रावल पराजित हुनुभयो ।

तर महाधिवेशनको अन्तिम चरणको बन्दसत्र सौराहामा बसेको छ । बन्दसत्रमा निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नेछ भने सो अघि १७ बुँदे प्रस्ताव पारित गरिएको छ ।

यो कार्यक्रममा ओली र रावल एकसाथ देखिनुभयो । पराजित भएपनि उहाँले कुनै मनमा अप्ठ्यारो राख्नुभएको छैन ।

एमालेको अध्यक्षमा केपी ओली विजयी हुनुभयो प्रतिस्पर्धामा रहनुभएका भीम रावल पराजित हुनुभयो । आयोगले यसबारे औपचारिक जानकारी यही बन्दसत्रमा गराउनेछ ।

बन्दसत्र हलको मञ्चमा अध्यक्षमा विजयी भएका ओली र भीम रावल सँगसँगै देखिनुभएको छ । यसले एमाले हारजित भएपनि विभाजित भएन भन्ने सन्देश देखिन्छ ।

 

सम्बन्धित खबरहरु