Bhim Rawal_20140117030207

भक्तपुर, १२ माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सहमतीको अन्तिम प्रयास समेत विफल भएपछि संविधान सभा लोकतान्त्रिक अभ्यासमा होमिन बाध्य भएको बताएका छन् ।
रफत सञ्चार क्लब भक्तपुरमा सोमबार आयोजित अन्र्तसंवादमा उपाध्यक्ष रावलले विपक्षीलाई लक्षित गर्दै भने, सहमतीका नाममा दलहरुले लामो समय विताई सकेकाले अब असम्भव देखेरै प्रक्रियामा अघि बढेको हो ।

तीन चार दलका शीर्ष नेताहरु मात्र मिलेर सहमतीमा सविधान बनाउने भए ६०१ जना सभासद नै किन चाहिन्थ्यो र रावलले प्रश्न गरे ।

लामो समय देखि चार पाँच जना बसेर सहमति खोज्ने तर सहमति कहिल्यै नहुने परिपाटीले मुलुकलाई अनिर्णयको बन्दी बनाउँदै लगेकाले सभामुखले प्रश्नावली निर्माण समिति बनाएको रावलले प्रष्ट पारे ।

संविधानसभाका अध्यक्षले नियम बमोजिम नै प्रक्रिया अगाडि बढाएकाले अव छिट्टै समस्या समाधानको बाटो खुलेको उनको भनाइ छ ।

संविधान नेपाल र नेपालीको लागि सबैभन्दा पहिलो आवश्यकता भएकाले विपक्षी दलहरु साँचो अर्थमा इमान्दार भए छिटो भन्दा छिटो संविधान जारी गर्न सहमितिमा आउनुपर्छ, उनले भने ।

विगतमा नेपालीजन माझ गरेका प्रतिबद्धता पुरा गर्न पनि मोर्चा संविधानसभामा आउनुको विकल्प नभएको रावलको टिप्पणी थियो ।
आइतबार साझ बसेको ९ दलको बैठकले प्रधानमन्त्री मार्फत बार्ता गर्ने निर्णय भएको बताउँदै उनले विपक्षी दल आन्दोलनमा जानु मुलुकलाई कमजोर बनाउनु मात्र भएको जिकिर गरे ।
एमाओवादी र मधेशवादी दलहरु संविधान निर्माणको पक्षमा नरहेका कारण ८ माघमा संविधान जारी गर्न नदिएको दावी गर्दै उनले २०७० सालभित्र स्थानीय निकायको निर्वाचन गर्ने प्रतिबद्धता भए तापनि प्रतिबद्धता सबै उल्टाउँदै गएको जानकारी दिए ।
सभामुखले एमालेको कार्यकर्ता जस्तो काम गरेको भनाइप्रति खण्डन गदै पटक पटक सहमतिको समय दिँदापनि सहमती गर्न नसक्दा प्रश्नावली समिति बनेको उनको भनाइ छ ।

सम्बन्धित खबरहरु