काठमाडाौं । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुल र त्यस वरपरका क्षेत्रहरूमा आएका तीव्र हावाहुरीबाट ठुलो क्षति भएको छ ।

आँधीका कारण सोमबार इस्तानबुलमा एक विदेशी नागरिक सहित चार जनाको मृत्यु भएको हो ।

गभर्नरको कार्यालयले एक विज्ञप्तिमा अन्य १९ जना घाइते भएको उल्लेख गरेको छ ।

सोमबार इस्तानबुलमा १३० किमी प्रति घण्टाको तीव्र हावा महसुस गरिएको थियो ।

टर्कीको मौसम विज्ञान महानिर्देशनालय (एमजीएम) का अनुसार, पश्चिमी तटीय शहर इज्मिर जस्ता नजिकैका प्रान्तहरूमा तीव्र हावाहुरीको अपेक्षा गरिएको छ । एमजीएमले मंगलबार पनि हावा चल्ने चेतावनी दिएको थियो ।

हावाहुरीले इस्तानबुल र टर्कीका अन्य भागहरूमा ल्याएको विनाशको भिडियो पनि बाहिर आएको छ । भिडियोमा ठुल ठुला संरचनाहरु ढलेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु