काठमाडौं । काठमाडौं । एक चर्चित नेतृको आपत्तिजनक भिडियो लिक भएको छ । पाकिस्तान, पञ्जाबको तक्षशिला विधानसभा क्षेत्रबाट पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) सांसद (विधायक) सानिया आशिकको भिडियो लिक भएको हो ।

हालै पाकिस्तानी विधायक सानिया आशिकको एक अश्लील भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सानिया आशिकको यो भिडियो अक्टोबर २०२१ मा भाइरल भएको थियो ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सानिया आशिकले प्रहरीमा उजुरी पनि दर्ता गराएकी छिन् । भाइरल भिडियोको सम्बन्धमा सानियाले अक्टोबरमा उजुरी दिएकी थिइन्, त्यसपछि अनुसन्धान एजेन्सीहरूले अनुसन्धान सुरु गरेका हुन् । प्रहरीले घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरेको छ तर उनको परिचय भने खुलाएको छैन ।

अधिकारीहरूले यो पनि स्पष्ट गरेका छैनन् कि अश्लिल भिडियोमा देखिएकी महिला सानिया आशिक हुन् वा अन्य कुनै महिला हुन् । सानिया आशिकले इमरान खान नेतृत्वको पाकिस्तान सरकारको आलोचकका रूपमा चिनिएकी छिन् । सानियाको पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफसँग नजिकको सम्बन्ध छ ।

सानिया आशिक पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाजसँग धेरै नजिक छिन् । सानिया आशिक पाकिस्तानको राजनीतिमा सक्रिय महिला हुन् । उनी मरियम नवाजसँग धेरै पटक देखिएका छन् । सानिया आशिकी पाकिस्तानको लाहोरमा जन्मिएकी थिइन् । सानिया २८ वर्षकी भइन् ।

उनले पञ्जाब विश्वविद्यालयबाट फार्मेसी–डी (डाक्टर अफ फार्मेसी’ को डिग्री लिएका छन् । २५ वर्षको उमेरमा, सानिया २)१८ को आम चुनावमा निर्वाचित हुने पञ्जाब विधान सभाको सबैभन्दा कान्छी सदस्य हुन् । सानियाले आफू आफ्नो प्रदेशका महिलाहरूको उत्थानका लागि प्रतिबद्ध रहेको बताउने गरेकी छिन् ।

सानियाले भाइरल भिडियोको बारेमा गत महिना अक्टोबर २०२१ मा थाहा पाएकी थिइन् । त्यसपछि उनले हतारमा सबै कुरा सरकार र केन्द्रीय अनुसन्धान एजेन्सीलाई बताइन् । भिडियोमा देखिएकी महिला सानिया भएको दाबी गरिएको छ तर सानिया आफैंले यी सबै कुराको खण्डन गरेकी छिन् ।

उनले यसबारे इमरान खानको केन्द्र सरकारसँग पनि गुनासो गरेका छन् । तीन महिनाको अनुसन्धानपछि लाहोरबाट एक जनालाई पक्राउ गरियो, तर उनको विवरण भने खुलाइएको छैन । पाकिस्तानी राजनीतिमा भिडियोले निकै खास अर्थ राख्ने गरेको छ ।

पाकिस्तान टुडेलाई दिएको अन्तर्वार्तामा सानिया आशिकले भनिन्, ‘छ जनाले मेरो भिडियो सामाजिक सञ्जालमा भाइरल गरेका छन् । यसबाहेक मेरा केही तस्विरहरू पनि सामाजिक सञ्जालमा भाइरल भएका छन् । त्यसयता मलाई धम्कीपूर्ण फोन र ज्यान मार्ने धम्की आइरहेको छ ।’

सम्बन्धित खबरहरु