काठमाडौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बस्ने घर तथा सहर सुरक्षित र बस्नलायक हुनुपर्ने बताउनुभएको छ ।

उहाँले आम नागरिकलाई अहिलेको सरकारलाई आफ्नै सरकार ठान्न अपिल समेत गर्नुभएको छ ।

उहाँले भन्नुभयो चिन्ता नगर्नुहोस् अब तपाइहरुको आफ्नै सरकार छ सुरक्षित घरपनि बनाइदिन्छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसले आयोजना गरेको रेट्रोफिटिङ परीक्षण कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले नेपाल प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरो जस्ता समस्याले जोखिममा रहेको बताउनुभयो ।

अहिले पनि नेपालको जनसंख्याको ठूलो हिस्सा भूकम्प जस्ता प्राकृतिक प्रकोपको जोखिम स्थानमा बसोबास गरिरहेको उहाँको भनाइ थियो ।

शिक्षालयहरुले जोखिम न्यूनीकरण गराउने जागरण ल्याउने गरी काम गर्न सके प्राकृतिक विपत्तिबाट हुने क्षतिलाई कम गर्न सकिने उहाँको भनाइ छ ।

मन्त्री झाँक्रीले भन्नुभयो, ‘जोखिममा घर भएका जनतालाई सरकारले भूकम्प प्रतिरोधक सुरक्षित घर बनाइदिने कार्य अगाडि बढाएको छ।’ ढुक्क भएर बस्नुहोस् ।

मन्त्री झाँर्कीले जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताउनुभयो ।

यस विषयमा योजनाबद्ध विकास आवासको हक सुनिश्चित गर्ने उद्देश्य सरकारको रहेको उहाँको भनाइ छ । २०७२ सालको भूकम्पबाट भत्किएका घर पुननिर्माणको काम अन्तिम चरणमा पुगेको समेत उहाँले बताउनुभयो ।

अब भूकम्पमा नभत्किएपनि जोखिममा रहेकाहरुलाई कमजोर छ भने त्यसलाई भत्काएर भूकम्पप्रतिरोधी सरकारले बनाइदिने मन्त्री झाँर्कीको दावी छ ।

सम्बन्धित खबरहरु