काठमाडौ । कर्मचारीहरु काम छोडेर मोबाइल फोनमा ध्यान बढी दिए भन्ने गुनासो बढ्दै आएको थियो ।

तर निजी क्षेत्रका धेरै कर्मचारीहरुको उल्टै गुनासो हुन्छ कि हाकिमले उनीहरुको कुरा नै सुन्दैन ।

कतिपय हाकिमहरु यस्ता पनि हुन्छन् कि कर्मचारीलाई दुख दिने नियतले अनौठा खालका आदेश तथा नियम जारी गर्दछन् । पछिल्लोपटक एउटा यस्तै हाकिमको आदेश सोसल मिडियामा चर्चाको विषय बनेको छ ।

सोसल मिडिया साइट रेडिटमा पछिल्लो समय एउटा पोस्टर निकै भाइरल बनिरहेको छ ।

उक्त पोस्टरमा एकजना हाकिमले आफ्नो अफिसका कर्मचारीहरुका लागि एक अनौठो आदेश जारी गरेको छ । जसका कारण त्यहाँका सबै सबैभन्दा दिक्क भएका छन् ।

उक्त आदेश अनुसार सो अफिसमा कर्मचारीहरुलाई कार्यालय समयमा आफ्नो फोन चार्ज गर्न बन्देज लगाइएको छ । नियम तोडेर फोन चार्ज गर्ने कर्मचारीहरुको तलब कटौति गरिने चेतावनी पनि आदेशमा दिइएको छ ।

आदेशमा लेखिएको छ, ‘कुनैपनि कर्मचारीले अफिसमा आफ्नो मोबाइल फोन वा कुनैपनि प्रकारको विद्युतीय उपकरण चार्ज नगर्नुहोला ।

यदि कसैले यस्तो गरेमा त्यसलाई बिजुलीको चोरी गरेको मानिनेछ । जो कर्मचारीले त्यस्तो गर्दछ उसको तलब कटौति गरिनेछ । त्यसैले सबैले अफिसमा आफ्नो फोन स्विच अफ गरेर राख्नुहोला ।’

उक्त अनौठो तथा निरंकुश आदेशको सोसल मिडियामा व्यापक आलोचना भैरहेको छ ।

कर्मचारीले फोन चार्ज गर्दा समेत बिजुली चोरी हुनेभए कर्मचारीहरुर्ला अतिरिक्त समय कायम गराउनु विजुलीको गलत प्रयोग भएको कतिपयको तर्क छ ।

रेडिटमा पोस्ट गरिएको उक्त पो्स्टर कहाँको घटना हो भन्ने चाहीँ पुष्टि भएको छैन । एजेन्सीहरुको सहयोगमा

 

सम्बन्धित खबरहरु