बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनले ओमिक्रोन भेरियन्ट फैलिएपछि लकडाउन बारे आफ्नो धारणा राखेका छन् । उनले अहिले नै लकडाउन गर्न आवश्यक नरहेको बताएका छन् ।

उत्तर अमेरिकामा देखा परेको एक दिनपछि राष्ट्रपति बाइडनले ओमिक्रोन कोभिड–१९ भेरियन्टलाई चिन्ताको कारण भएको तर भयानक नभएको बताए ।

यदि मानिसहरूले खोप र मास्क लगाए भने अहिलेको लागि नयाँ लकडाउन गर्नुपर्ने आवश्यकता आफूले नदेखेको उनले बताए ।

उत्तर अमेरिकी देश क्यानडामा संक्रमण फेला परेका थिए । अमेरिकाले आठवटा दक्षिण अफ्रिकी मुलुकमाथि यात्रा प्रतिबन्ध लागू गरेको छ ।

सोमबार ह्वाइटहाउसमा राष्ट्रपति बाइडनले दक्षिण अफ्रिकामा पहिलो पटक फेला परेको ओमिक्रोन भेरियन्ट अन्ततः अमेरिकामा पनि देखिनु ‘लगभग अवश्यंभावी’ भएको बताए ।

“हामी यो नयाँ भेरियन्टसँग लड्न र पराजित गर्न गइरहेका छौँ”, उनले भने ।

राष्ट्रपति बाइडनले सोमबार पनि अमेरिकीलाई मास्क लगाउन आग्रह गरे । सोमबार नै एक जना संघीय न्यायाधीसले हजारौँ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस खोप लगाउनै पर्ने बाइडन प्रशासनको बाध्यात्मक आदेशलाई रोकिदिएका छन् ।

फ्लोरिडाका गभर्नरले आफ्नो राज्यमा लकडाउन गर्न नदिने बताएका छन् । बीबीसीबाट

सम्बन्धित खबरहरु