काठमाडौ । शुक्रबार रिलिज हुन लागेको बलिउड चलचित्र ‘तडप’की नायिका तारा सुतरियाले दिएको एक बयान आज खुबै चर्चामा छ ।

उनले आफूलाई अभिनेत्री दीपिका पादुकोणले लगाउने पहिरन निक्कै आकर्षक लाग्ने बताउदै छापा मार्न चाहेको बताइन् ।

‘तडप’का विषयमा सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा ताराले दीपिकाको पहिरनमा छापा मार्न चाहेको बताइन् ।

तपाईं कुन नायिकाको पहिरन राख्ने ठाउँमा छापा मार्न चाहुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘म दीपिका पादुकोणको दराजमा छापा मार्न चाहन्छु । किनकि, उनले लगाउने पहिरन निक्कै आकर्षक छन् ।’

ताराले आफूलाई कुनै युवक मन परेको अवस्थामा उसलाई प्रेम प्रस्ताव राख्न आफूलाई कुनै समस्या नभएको पनि बताएकी छन् ।

उनले भनिन्, ‘म युवकको प्रस्ताव पर्खिएर बस्दिनँ । म उसलाई आफैं प्रेम प्रस्ताव राख्छु ।’

‘स्टुडेन्ट अफ द इयर’बाट बलिउडमा प्रवेश गरेकी तारा चलचित्र ‘तडप’बाट उत्साहित छिन् ।

यो चलचित्रमा उनी र नायक अहान सेट्टीले पर्दा शेयर गरेका छन् । ताराले चलचित्र ‘तडप’मा अहान सेट्टीसँग रोमान्टिक दृश्य खिच्न आफूलाई कुनै अप्ठ्यारो नलागेको पनि बताइन् ।

 

सम्बन्धित खबरहरु