काठमाडौं । दुबई अन्तराष्ट्रिय विमानस्थलमा लगेज लिएर के भित्र मात्र पुगेको थिए । दर्जनौँ नेपालीहरुले घेरा हाले ।

दाई एउटा सामान नेपाल पुर्याईदिने हो, दश हजार आउँछ । के सामान हो भाई ? सानो छ र जरुरी छ भने लगिदिहाल्छु नी के पैसा लिइराख्नुपर्छ र ।

नेपाली नेपालीको नातामापनि पैसाको कुरा गर्ने ? य दाई यता आउनु न । यो सुनको बाला केटा, केटी जसले लगाएपनि मिल्ने छ । मेरो श्रीमतीका लागि लगिदिनुहोस् है ? हँ ।

सुनको बाला त आफू जाँदा लिएर जानु नी भाई श्रीमतीपनि खुशी हुनुहुन्छ । हैन हैन यो पुर्याउनु छ । उसले त्यस्ता सुनका बाला सानो थैलीमा थुप्रै बोकेको थियो । त्यसपछि मैले सम्झिहाले ।

ए भाई मलाई सुन तस्करीको भरिया बनाउन खोजेको ? किन दाई तपाईलेपनि ५० ग्राम बोकिसक्नुभएको छ र ? ५० ग्राम बोक्न पाउने त कानून नै छ नी ?

उसले उल्टै मलाई कानून सिकाउन थाल्यो । मैले भने म यहाँ घुम्न आएको हो । ५० ग्राम सुन बोक्न हैन । उसले मलाई जबरजस्ति नै त्यो सुन बोकाउन खोज्यो । मेरो गोजीमा राख्दै खै तपाईको पासपोर्टको फोटो खिच्छु ।

यो सुन लिन आउनेले तपाईलाई १० हजार दिनेछ । मेरा कुरा नसुनी उ बोलि रहेको थियो । मैले झपारे । म एउटा पत्रकार मलाई यस्तो काम नलगाउ । बन्दै मैले कार्ड देखए ।

ए सरी दाई भन्दै उ अर्को भरिया खोज्न पुग्यो । यो दृष्य मैले मात्र देखेको पक्कै हैन । जो कोहीले देख्नुभएको छ । सरकारी अधिकारीहरुले त नदेख्ने कुरै भएन । तर उनीहरुकै मिलेमतोमा उनीहरुले यो तस्करी गरिरहेका छन् ।

यसैले नेपाल र भारतसम्म पुग्ने अवैध सुनको खेती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भइरहेको छ । हिजो मात्र विमानस्थल हुँदै झिटिगुन्टाका नाममा गहनाका आकारमा भित्र्याइएका कच्चा सुन बरामद गर्न शुरु भएको छ ।

सोमबार मात्रै विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गएर फर्किएका नेपालीलाई भरिया बनाएर बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको २१ किलो गहाना आकारका सुन बरामद गरेको छ ।

दुबई, कतार र मलेसियाबाट नेपाल फर्किएका ४१५ जना यात्रुले बालाको आकारमा ल्याएको सुन नियन्त्रणमा लिइएको भन्सार विभागले जनाएको छ ।

विदेशबाट नेपाल फर्किने नेपालीलाई दिइएको झिटीगुन्टाको सुविधा अन्र्तगत ५० ग्रामसम्मको सुनको गहना भन्सार नतिरी ल्याउन पाइन्छ ।

सोही सुविधालाई दुरुपयोग गर्दै तस्करले बालाको आकार दिएर काँचो सुनको तस्करी गरेको आशंकापछि भन्सारले गहना आकारमा मात्रै ढालिएका सुनलाई बरामद गर्न अभियान थालेको हो ।

एक दिनमै यसरी भित्रिएको बाला आकारको ठूलो परिमाणको सुनलाई भन्सार तिर्न अनिवार्य गरिएको छ । मंगलबार बिहानसम्म सुन बोकेर आएका १९५ जना यात्रुले बरामद भएकोमध्ये ९ किलो ९७६ ग्राम सुन भन्सार तिरेर लगेका छन् भने बाँकी सुनको भन्सार तिर्न यात्रुहरु आउने क्रम जारी रहेको विभागले जनाएको छ । यस्तो सुनमा भन्सार रकम हालसम्म ९४ लाख ६५ हजार ५४८ रुपैयाँ भन्सार संकलन भएको छ ।

झिटिगुन्टा नियमअनुसार ५० ग्राम बाहेक थप २०० ग्रामसम्म सुन ल्याउने सुविधा छ । यसरी सुन ल्याउँदा ५० ग्रांममा भन्सार लाग्दैन भने २०० ग्राममा भन्सार तिर्नुपर्छ । सो भन्दाबढी सुन ल्याए जफत हुन्छ ।

यस्तै व्यक्तिगत प्रयोजनबाहेकमा १०० ग्रामसम्मको सुन भन्सार तिरेर ल्याउन पाए पनि सो भन्दा बढी भित्र्याए जफत हुन्छ । विमानस्थलमा अहिले फेला परेको सुन गहनाको रुपमा २५० ग्राम र व्यक्तिगत प्रयोगको रुपमा एक सय ग्राममा दिइएको सुविधा अन्र्तगतको भएको भन्सार विभागले जनाएको छ । तर यो त बर्षौ देखि चलिरहेको हो ।

यस्तो अवैध कार्य रोक्न के अभियान नै चलाउनु पर्छ र । आफ्नो भागमा तस्करीको स्वाद नपर्दा मात्र नियन्त्रण गर्ने की अवैध रुपमा आएको बस्तु जुनसुकै बेला नियन्त्रणमा लिने ? यो भन्सारमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई प्रश्न ।

सम्बन्धित खबरहरु