काठमाडौं । नेपालमा एचआइभी/एड्स भयावह रहेको तथ्य सार्वजनिक भएको छ ।

नेपालमा कुल ३० हजार तीन सय व्यक्तिमा एचआइभी/एड्सको सङ्क्रमण रहेको छ ।

यीमध्ये शून्य दशमलव १३ प्रतिशत वयस्क जनसङ्ख्या रहेको छ । ३४औँं विश्व एड्स दिवस बुधबार ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने नाराका साथ मनाइँदैछ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्कअनुसार सन् २०२० मा ७५४ जना व्यक्तिमा एचआईभीको नयाँ सङ्क्रमण रहेको पाइएको छ । जुन सन् २०१० को तुलनामा ६३ प्रतिशतले घटेको छ ।

नेपालमा पनि एचआईभी एड्ससम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी विश्व एड्स दिवस मनाइँदैछ । यो तथ्याङ्ले पनि नेपालमा एचआईभी/एड्स घट्दो क्रममा रहेको पुष्टि हुन्छ ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. शुधा देवकोटाले गत वर्ष ८० बच्चामा नयाँ सङ्क्रमण भएको जानकारी दिनुभयो । उहाँले यसअघि २०१० मा २१५ बच्चामा एचआईभी सङ्क्रमण पुष्टि भएको थियो ।

यो तथ्याङ्कले पनि नेपालमा एचआईभी एड्स घटेको पुष्टि हुन्छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. देवकोटाले एचआईभी सङ्क्रमितलाई समाजमा हेर्ने दृष्टिकोणमा अझै परिवर्तन हुन नसकेको बताउनुभयो ।

उहाँले एचआईभी सङ्क्रमितहरू सामान्य व्यक्ति तथा एक सङ्क्रमण भएका व्यक्तिहरू हुन् भन्ने बुझ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका डा. पवनकुमार शाहले नेपालमा एचआईभी एड्सको दर घट्दै गएको बताउनुभयो । सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले असुरक्षित शारीरिक सम्पर्क नै एचआईभी एड्सको मुख्य कारण रहेको बताउनुभयो ।

उहाँले एचआईभी सङ्क्रमित रगतको प्रयोग, रगतबाट बनेका पदार्थ तथा अङ्ग लिँदा, सुईंको साझा प्रयोग, सङ्क्रमित आमाबाट बच्चामा एचआईभी सर्न सर्ने भएकोले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

डा. बास्तोलाले सुरक्षित यौन व्यवहार अपनाउन सके यौनरोग तथा एचआईभीबाट बच्न सकिने बताउनुभयो ।

 

सम्बन्धित खबरहरु