काठमाडौं । आफ्नै श्रीमानको ज्यान लिने अभियोगमा संलग्न महिला पक्राउ परेकी छिन् ।

७ वर्ष पहिले मिति २०७१/१२/०९ गते बिहान ६ बजे एक पुरूषको लाश फेला परेको थियो ।

काठमाडौं महानगरपालिका–१०, धोवीखोला स्थित सिम्रिक पुल मुनि टाउकोमा चोट लागेको अवस्थामा अन्दाजि ४७/४८ वर्षको पुरूष मृत फेला परेका थिए ।

अनुसन्धानका क्रममा मृतकको पहिचान द्रोण बहादुर सेनका रूपमा भएको थियो । प्रहरीले अनुसन्धानका क्रममा सेन दाङ, तुलसीपुर नगरपालिका–१०,स्थायी घर भई काठमाडौं महानगरपालिका–१०, थापागाँउ बस्ने गरेको तथ्य पनि खुलाएको थियो ।

सेनलाई ईट्टाले टाउकोमा प्रयोग गरेर ज्यान लिइएको खुल्न आएको थियो । त्यसपश्चात फरार रहेका मुख्य अभियुक्त रामेछाप, गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोलका ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको थियो ।

उनलाई मिति २०७७÷११÷०५ गते पक्राउ गरेर प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । सार्की अदालतको आदेशले पुर्पक्षको लागि थुनामा छन् ।

सोही मुद्दामा फरार रहेकी मृतककी श्रीमती हालै पक्राउ परेकी हुन् । दाङ तुलसीपुर उप–महानगरपालिका–१० भट्टेकी ५० वर्षीया दिल कुमारी सेनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा मंगलबार (हिजो) महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले वानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वर पठाईएको छ ।

सम्बन्धित खबरहरु